काठमाडौं । शनिबार लुटिएका पठाओ राइडर प्रविन राई अफलाइन बुकिङमा जाँदा अपहरणमा परेको पाइएको छ । पठाओ नेपालले एक बिज्ञप्ति जारी गर्दै उनले सो दिन अनलाइन बुकिङमा सामखुसीबाट कोटेश्वरसम्म अन्तिम राइड लिएको जनाउदै कोटेश्वरबाट घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध नभएको जानकारी दिएको हो ।
विज्ञप्तिमा ‘पठाओको सेवा लिन र दिन मोबाइल एपमार्फत बुकिङ गर्नुपर्ने हुन्छ । यसरी सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको विवरण, सेवाग्राही र राइडर दुवैको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको विवरण पठाओको एपमा उपलब्ध हुन्छ,’ तर ‘निजले बाटोमा भेटेको व्यक्तिलाई बार्गेटिङ गरेर राइड लिएको देखिन्छ, जुन सरासर गलत हो।’ उल्लेख छ ।
राईलाई शनिबार राति कोटेश्वरबाट चढेका एक युवकले धापाखेल पुर्याएर लुटपाट गरेका थिए । मुखमा टेप र हातखुट्टामा डोरीले बाँधेर राईसँग भएको ८ हजार नगद र मोटरसाइकल लिएर भागेका सुमन तामाङ र मिनराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्