×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको नाफामा गिरावट, वितरणयोग्य नाफासहितका अधिकाशं सूचकहरु पनि घटे (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्राइम कमर्सियल बैंकको नाफामा गिरावट, वितरणयोग्य नाफासहितका अधिकाशं सूचकहरु पनि घटे (विवरणसहित)

Artha Sarokar

७ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्राइम कमर्सियल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ७.४३% ले घटेको छ । बैंकले खुद नाफा ७.४३% ले घटेर १ अर्ब ६७ करोड ८५ लाख ८९ हजार रुपैयाँमा सिमित भएको जनाएको हो ।
खुद ब्याज आम्दानी ५.१७% र सञ्चालन नाफा ७.०७% ले घटेपछि प्राइमको खुद नाफामा पनि गिरावट आएको हो । यता, बैंकको वितरणयोग्य नाफा भने ८८ करोड ९६ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा १५.८२% वृद्धि भएपनि रिटेन्ड अर्निङ ६५.६५% ले घटेको छ ।
यस्तै बैंकको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाँ ५६ पैसाले घटेको छ । हाल प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९१ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी