×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : डोको र नाङ्लो बिक्री गर्दै सङ्खुवासभाका महिला, कष्टकर जीवनयापन गर्दै मुसहर समुदाय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देश बोल्ने फोटो कथा : डोको र नाङ्लो बिक्री गर्दै सङ्खुवासभाका महिला, कष्टकर जीवनयापन गर्दै मुसहर समुदाय

Artha Sarokar

१८ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले डोको र नाङ्लो बिक्री गर्दै सङ्खुवासभाका महिलादेखी कष्टकर जीवनयापन गर्दै मुसहर समुदायसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजारमा बेच्न राखिएको डोको र नाङ्लो ।प्रति डोको  रु ५०० र  एउटा नाङ्लोको रु ४०० मा यहाँ बिक्री हुने गर्छ ।

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा अवस्थित मुसहर बस्तीमा जाडोको बेला न्यानो लुगाफाटा, ओढ्ने ओछ्याउने र पोसिलो खानेकुराको अभावमा कष्टकर जीवनयापन गर्दै मुसहर समुदाय ।

तरकारीका लागि घोँगी खोज्दै गरेकी बोटे समुदायकी महिला । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानका बोटे समुदायका महिलाले तरकारीको जोहो गर्न घोँगी खोज्ने गर्दछन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दाउरा बोकेर ल्याउँदै गरेका शुक्लाफाँटा नगरपालिका– ३ का युवती । चिसो बढ्न थालेपछि दाउराको माग बढ्न थालेको छ ।

 

पोखराको फेवातालको बीचमा रहेको तालवाराही मन्दिरमा डुङ्गा चढेर जाँदै भक्तजन  ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाका कृषक मकै छोडाउँदै । बर्खामा घोगासहित भण्डारण गरिएको मकै हिउँदमा छोडाउने चलन छ  ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी