×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : कोभिडविरूद्वको खोप लगाउन लामबद्ध सर्वसाधारण, डुङ्गाको साहारामा माछा मार्दै स्याङ्जाका महिला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : कोभिडविरूद्वको खोप लगाउन लामबद्ध सर्वसाधारण, डुङ्गाको साहारामा माछा मार्दै स्याङ्जाका महिला

Artha Sarokar

३ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले डुङ्गाको साहारामा माछा मार्दै स्याङ्जाका महिलादेखि कोभिडविरूद्वको खोप लगाउन लामबद्ध सर्वसाधारणसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

कोभिड-१९ को जोखिम बढेपछि पिपल्स डेन्टल कलेज अफ हस्पिटल प्रालि नयाँबजारमा कोभिडविरूद्वको खोप लगाउन सोमबार बिहान लामबद्ध सर्वसाधारण ।

स्याङ्जाको मिर्मीस्थित आँधीमुहानमा डुङ्गाको साहारामा जाल हानेर माछा मार्दै स्थानीय महिला ।

भेरी नगरपालिकाको रानागाउँबाट जिल्ला स्वास्थ्य सेवा कार्यालयमा उपचारका लागि स्टेचरमा राखेर बिरामी लगिँदै । पछिल्लो समय भाइरल ज्वरोका कारण गाउँमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।

झापामा उत्पादित उखु चिनी उद्योग विराटनगरमा लगिँदै । पछिल्ला समय झापाका किसान व्यावसायिक रुपमा उखुको खेती गर्न थालेका छन् ।

पोखरा महानगरपालिका–२८, बिमिरापानीमा गुन्द्री बुन्दै स्थानीय शुभद्रादेवी बराल । बजारमा प्लास्टिकका गुन्द्री सहज पाइन थालेपछि परालबाट गुन्द्री बुन्ने चलन बिस्तारै लोप हुँदै गएको छ ।

बागलुङको जैमिनी नगरपालिका–३ स्थित पर्यटकीय गाउँमा रहेको गाजा दह । पर्यटक लोभ्याउन यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा ल्याइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी