दाङ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङको घोराहीमा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले विभिन्न स्थानमा आफ्नो शाखा तथा उप शाखा विस्तार गर्ने क्रममा दाङको घोराहीमा संचालनमा ल्याएको हो ।
उक्त नयाँ शाखाको उद्धघाटन प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले गरेका हुन् । कम्पनीले पुस १६ गतेदेखि उक्त शाखाबाट कारोबार शुरु गरिसकेको जनाएको छ ।