काठमाडौँ । प्रवेशिका परीक्षा सकेर कलेज दैनिकीमा प्रवेश गर्ने बित्तिकै आजकलका धेरै किशोर किशोरीहरुफुरमास खर्च र भड्किलो हाउभाउमा उत्रन्छन् । बाउआमाको दुख नबुझ्नेहरु, आफ्नो जीवन नै बुझ्न चाहाँदैनन । कलेजको पढाईसँगै धेरै किशोर किशोरीहरु देखासिखिमा उत्रन्छन् । बाउ आमाको कमाईमै महँगो फोन, आवश्यक नहुँदा पनि सवारी साधन धेरैको मोहको विषय हुनेगर्छ ।
तर सबैको कथा कहाँ यस्तो हुन्छ र रु पैसाको महत्व बुझ्नेहरुको पारानै बेग्लै हुन्छ । बा आमाको कमाईको यथार्थ बुझेकाहरुको जीवन जिउने कला नै फरक हुन्छ । र त पढाईसँगै धेरै किशोर किशोरी, युवा युवतीहरु साइड जबको मीठो यात्रामा निस्किन्छन् । जागिर नपाएकाहरु वा सेयर बजारको सुन्दरता बुझेकाहरु यहि बजारमा प्रवेश गर्छन् । र आज हामी यहि सुन्दर सेयर बजारमा आफ्नो कलेज दैनीकी देखि लागेकी एक चेलीको सुन्दर बजार कथा सुनाउँदैछौ । र बुझाउँदैछौँ सेयर बजार सुन्दर छ ।
उमेरले कलिली छिन् प्रविना । तर यो कलिलो उमेरमै पनि उनले सहपाठीहरुभन्दा फरक र गहिरोसँग सेयर बजार बुझेकी छिन् । लाख होइन, हजारकोमात्रै पनि महत्व बुझेकी प्रविनालाई त्यही हजारको इन्ट्रीले सेयर बजारमा सफल यात्रातर्फ लम्काउँदैछ । र यो कथा आइपिओबाट बजार प्रवेश गर्ने जो कोहिका लागि प्रेरणादायी हुनसक्छ । किनकी सेयर बजार सुन्दर छ ।
हिड्ने मान्छे जरुर लड्छ । तर उठेर फेरि दौडनु नै जितको नजिक पुग्नु हो । सेयर बजारमा सिकेर, बुझेर लगानी गरेका किशोर किशोरीहरु धेरै नआत्तिने र नमात्तिने हो भने उनीहरुका लागि आजका लागि मात्र होइन, भोलिका लागि पनि सेयर बजार सुन्दर छ । हेर्नुहोस् उनैसँग गरिएको यो विशेष कुराकानी :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्