काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै क्षेत्रको एउटै लक्ष्य मुलुकको समृद्धि हुनुपर्ने बताउनु भएको छ । नेपाल सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री कार्कीले सरकारले निजी क्षेत्रसँग मिलेर १० वर्षमा नयाँ पुस्तालाई धनी पुस्ताको रुपमा विकसित गर्न चाहेको पनि स्पष्ट पार्नु भयो । नेपाल चेम्बर अफ कमर्सले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले मुलुकको समृद्धिका लागि निजी क्षेत्रसँग ठूलो अपेक्षा गरेको पनि बताउनु भयो । उहाँले व्यवहारबाटै नयाँ पुस्तालाई दश वर्ष भित्र धनी बनाउन सबैले समृद्धिको अभियानलाई अघि बढाउनुपर्ने बताउनु भयो ।
मन्त्री कार्कीले भन्नु भयो, ‘निजी क्षेत्र, जसले मुलुकको आर्थिक गतिविधिलाई अगाडि बढाउनका निमित्त, मुलुकलाई समृद्धिको दिशामा लैजानका निमित्त जुन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यो क्षेत्रसँग अपेक्षा पनि गरेको छ । म चाहन्छु– अवको आउने पुस्तालाई धनी पुस्ता बनाउनका निमित्त हामी सबै एकजुट भएर लागौं । र हामी सबै एकजुट भएर लाग्यौं भने १० वर्षमा दस्तावेजमा होईन्, कार्यक्रममा, भाषणमा होईन । हामी व्यवहारमा दश वर्षमा विदेश जाँदाखेरी आत्माग्लानी हुनुनपर्ने पुस्ताको रुपमा विकसित गर्न चाहन्छौं । त्यो दिशामा हामी अग्रसर होऊ । र अव हामी सबैको लक्ष्य हुनुपर्दछ । र हामी सबैको एउटै कदम हुनुपर्दछ । त्यो कदम देशको समृद्धिका निमित्त हुनुपर्दछ । र त्यसका निमित्त नेपाल चेम्बर अफ कमर्सले जुन योगदान पु¥याएको छ । आगामी दिनमा अरु थप कामहरु गरेर अरु महत्वपूर्ण भूमिका निर्वाह गर्न सकोस् ।’
मन्त्री कार्कीले मुलुकलाई समृद्ध बनाउन नेपाल चेम्बर अफ कमर्सले मुलुकको समृद्धिका लागि थप योगदान दिने विश्वाससमेत व्यक्त गर्नु भयो । कार्यक्रममा उहाँले नेपाल चेम्बर अफ कमर्सको ७० वर्ष पुगेको अवसरमा हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउनु भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्