×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनअफ नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

GLOBAL IME BANK
SHREE KESH

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनअफ नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

२७ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनअफ नेपालको आयोजनामा संस्थाको २२औं वार्षिकोत्सवको अवसरपारी व्यावसाय, समाज र सामाजिक उत्तरदायित्व भन्ने नाराका साथ आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

गोल्डस्टार सुजको प्राङ्गणमा सम्पन्न सो रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका थिए । बढ्दै गईरहेको कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव हुन नदिन तथा रगतको आपुर्ती सहजहोस भनि आज रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष नानीराज घिमिरेले बताए ।

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको र आगामी दिनमा पनि जारी रहने संस्थाका महासचिव ज्ञानेन्द्र दाहालले बताए । संघका पुर्व अध्यक्ष, सल्लाहकार, एवं कार्यसमिति र संघका सदस्यहरुको सहयोगमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । कोरोना संक्रमणको तेस्रो लहरकोे जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: