Skip to content
LAXMI SUNRISE BANK

घुस्याहा रामप्रसाद घिमिरेको नालेबेली : घुसकै रकमले श्रीमतीलाई साडी, घुसकै पैसाले फेरिरहन्थे गाडी !

अर्थ सरोकार

काठमाडौँ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेको रवाफ यति थियो कि उनी आफुलाई मान्छे भन्दा पनि डनझैं सम्झन्थे । उनका सार्है निकटका साथीले दिएको जानकारी अनुसार केहि हजारको जागिर खाएका उनले विभिन्न व्यक्तिका नाममा ठाउँ-ठाउँमा जग्गा किनेका छन् । उनको परिवारको लवाई, खवाई हेर्दा खुब राजसी ठाँट देखिन्थ्यो । श्रीमतीलाई नयाँ- नयाँ साडी किनिदिन्थे । साथीभाईबीच बस्दा पनि हजारौंको बिल आफैं तिर्थे । खुब रवाफ दिएर भन्थे- ‘म त राजाजस्तै हो । खाओ केटा हो । पैसा नभए तस्करहरुसँग मागौंला नि !’
हुन त उनको रवाफ पनि किन नहोस् । व्यापारीहरुसँग मोटो रकम असुल्थे उनी । ‘यति राजश्व मिनाहा गरिदिएको यति पैसा’ भनेर उनले रेट नै तोकेका थिए । त्यसै अनुसार मारुती सिमेन्टदेखि सर्वोत्तम सिमेन्ट सम्मलाई उनले आफ्नो घुस मागी खाने भाँडो बनाएका थिए । व्यापारीहरु पनि करोड बाँडेर अरव बच्ने भएपछी उनलाई घुस बुझाउन कुनै पनि आनकानी गर्दैनथिए । यसरी नै चलिरहेको थियो उनको दैनिकी । तर उनको पाप अन्तत: धुरीबाट कराएको छ । र महाभ्रष्टाचारी घिमिरेमाथि अख्तियारले विशेष अदालतमा मुद्धा चलाएको छ ।
अव उनी लगभग जेल जाने निश्चित प्राय छ । किनकि उनले सो बिगो तिरे भने उनको भ्रस्टाचार झन् प्रमाणित हुन्छ। किनकि एक सरकारी कर्मचारीले यतिको रकम कमाएको स्रोत नै देखिंदैन । र त अहिले उनी मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन्। र आफुलाई बचाउन उनी शक्तिकेन्द्र धाउन थालेका छन् ।
उनी यतिसम्म बाठा थिए कि- पहिला आफैंले व्यापारीहरुले राजश्व तिर्नुपर्ने प्रतिवेदन तयार गरे। त्यसपछि हरेकजसो व्यापारीसँग बार्गेनिङ गरेका उनले अर्को समितिलाई अर्कै खालको अर्थात छुट दिन मिल्ने प्रतिवेदन बनाउन लगाएर व्यापारीहरुलाई छुट दिए र त्यसवापत मोटो रकम व्यापारीहरुबाट असुल गरे । उनले असुल गरेको रकम कुन माध्यमबाट उनीकहाँ आयो र सो रकम अहिले कहाँ लगानी भएको छ भन्ने विषयमा भने अख्तियारले चासो दिएको छैन । यो विषयमा पनि अनुसन्धान भने गरिने बुझिएको छ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले खानी दोहन गरी उत्खननको मुद्दामा आफैँले तयार गरेको प्रतिवेदन कार्यान्वयन नगरी राजस्व हानी हुनेगरी अर्को समितिले तयार गरेको प्रतिवेदनबमोजिम कारबाही गरेको पाइएकाले अनुसन्धानबाट दोषी ठहर गरिएको बताएका छन् ।
आयोगले कारबाहीको माग गरेकोमा महानिर्देशक घिमिरेसहित विभागका इन्जिनियर जयराज घिमिरे र उपसचिव सपना अधिकारीमाथि एक अर्ब २४ करोड ४५ लाख २६ हजार रुपियाँ बिगो कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK