×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकका १४८ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

PRIME CA

राष्ट्र बैंकका १४८ कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

५ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका १ सय ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो समय संक्रमणको दर ह्वात्तै बढेका बेला राष्ट्र बैंकका १ सय ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले कर्मचारीमा कोरोना संक्रमण देखिएपछि राष्ट्र बैंकले ‘वर्क फ्रम होम’को नीति अवलम्बन गरेको जानकारी दिए । राष्ट्र बैंकले अत्यावश्यक बाहेक सबै सेवा तथा सुविधाहरु घरबाटै दिन निर्देशन दिएको हो ।
मंगलबार मात्रै १० हजार बढीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोसंगै बैंक तथा वित्तीय संस्थामा पनि संक्रमणको जोखिम बढ्न थालेको हो ।  राष्ट्र बैंकले यसअघि नै बैंक तथा वित्तीय संस्थाका लागि सूचना जारी गर्दै सतर्कता अपनाउन निर्देशन दिइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: