×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच किन कुरा नमिलेको ? भन्दै सांसद मोदीले गरे लेखा समितिमै प्रश्न…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच किन कुरा नमिलेको ? भन्दै सांसद मोदीले गरे लेखा समितिमै प्रश्न…

Artha Sarokar

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सांसद अमनलाल मोदीले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच कुरा नमिलेको बारेमा प्रश्न गरेका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो प्रश्न गरेका हुन् ।
विलासिताका सामानको उपयोग घटाउने हो भने सरकारी अधिकारीबाटै शुरुआत गर्न उनले सुझाव दिए । त्यस्तै उउनले पहुँचवालालाई मात्र ऋण दिने गरेको गुनासो आइरहेको भन्दै पहुँचवालाले सजिलै ऋण पाउने र पहुँच नहुनेले नपाउने अवस्था बारे गम्भीर हुनुपर्ने धारणा राखे ।
समितिका सभापति भरत कुमार शाहले ब्याजदरलगायतका क्षेत्रमा नियामकीय निकायको हस्तक्षेपकारी भुमिका सकारात्मक भएको बताए । उनले सुन चाँदी, गाडी, पेट्रोलियम पदार्थ, साथै कच्चा पाम र सोयाबिन तेलको आयात बढ्दा तरलतामा चाप परेको जिकिर गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी