×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

GLOBAL IME BANK
SHREE KESH

अब राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

२१ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ । यस सम्झौताले राष्ट्रिय वाणिज्य बैंकका प्रयोगकर्ताहरूलाई मोबाइल बैंकिङ एपमार्फत् खल्तीमा पैसा राख्न गर्न सम्भव बनाएको छ ।

यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब खल्तीवालेटमा बिना झन्झट ‘खल्ती’वालेट मा पैसा राखी सबै प्रकारको भुक्तानी गर्न सक्ने भएका छन् ।

उक्त सम्झौता सम्बन्धि खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “राष्ट्रिय वाणिज्य बैंकसँगको साझेदारीले निश्चित रूपमा बैंक र खल्तीका लाखौं ग्राहकहरूले भुक्तानी, वित्तीय सेवाहरू र गतिशीलताको आनन्दलिन सक्नेछन् र हामी यस साझेदारी साँच्चै उत्साहित छौं । यो पार्टनरसिपले समस्त बैंक तथावालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।”

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाखभन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथामुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवादिँदै आएको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ति’ले योगदान दिँदै आएको छ ।

‘खल्ती’एप khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ ।

थप जानकारीको लागि आकृती शर्मा लाईथपजानकारीकोलागिआकृतीशर्मालाई aakriti.sharma@khalti.comमा ईमेल गरि बुझ्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: