काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका १० कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सुर्खेत शाखामा कार्यरत १० कर्मचारीमा आइतबार कोरोना संक्रमण पुष्टी भएको हो । बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनामा कोरोना पुष्टी भएको बैंकले जनाएको छ ।
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकबाट प्रदान गरिने सेवा तत्कालका लागि बन्द गरिएको छ । बैंकका प्रमुख लीलाराम ढुंगानाले १० जना कर्मचारीमध्ये एक जनामा गम्भीर लक्षण देखिएको र बाँकी नौ जना कर्मचारी होम आइसोलेसनमा रहेको बताए ।
संक्रमित सुरक्षागार्डलाई प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ । चार दिनका लागि सेवा अवरुद्ध हुन सक्ने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्