काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आजदेखि सेयरधनीको बैंक खातामा ५% नगद लाभांश पठाउन थालेको छ । कम्पनीले हालसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिन सुरु गरेको हो ।
यस्तै हालसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेकाहरुलाई भने खाता अद्यावधिक गर्न आग्रह गरेको छ । अनिमात्र नगद लाभांश खातामा जम्मा हुनेछ । कम्पनीको पुस ३० गते बसेको साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २०% बोनस सेयर र ५% नगद लाभांश गरी कुल २५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।