काठमाडौं । रू रू जलविद्युत् परियोजना लिमिटेडको १० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले असोज ६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
उक्त मितिपश्चात सेयर अभौतिकीकरण गराउने सदस्यहरुको पनि हितग्राही खातामै बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ । हालसम्म सेयर अभौतिकीकरण नगराएका सदस्यहरुलाई यथासिघ्र गराई आफ्नो बोनस सेयर प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।