काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २६ करोड २८ लाख रुपैयाँ कमाएको जनाएको छ । बैंकको यो नाफा गत वर्षको भन्दा ५९.४७% ले धेरै हो । गत वर्ष बैंकले १६ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४६.८१% र ६८.१६% ले बढेको जनाएको हो । यस्तै पुस मसान्तसम्म आउँदा बैंकको वितरणयोग्य नाफा पनि ११८.७०% ले बढेर १८ करोड रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप संकलन र कर्जा लगानी क्रमशः ९.८८% र २२.४४% ले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७४ पैसाले बढेर १७ रुपैयाँ ३९ पैसा भएको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्