×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा मिडिल तमोर हाइड्रोपावरले ९९ करोड ९७ लाख बराबरको आइपिओ निष्कासन गर्ने

PRIME CA

सानिमा मिडिल तमोर हाइड्रोपावरले ९९ करोड ९७ लाख बराबरको आइपिओ निष्कासन गर्ने

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीको पुस १४ गते सम्पन्न साधारणसभाले कम्पनीको जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणको लागि निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
हाल कम्पनीको जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रहेको छ । कम्पनीले त्यसको ३० प्रतिशतले हुन आउने ९९ करोड ९७ लाख ५० हजार बराबरको ९९ लाख ९७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको हो । जस मध्ये १० प्रतिशत अर्थात् ३३ लाख ३२ हजार ५ सय कित्ता आयोजना प्रभावित स्थानीयलाई, १५ प्रतिशत अर्थात् ४९ लाख ८८ हजार ७ सय ५० कित्ता आम सर्वसाधारणलाई र ५ प्रतिशत अर्थात् १६ लाख ६६ हजार २ सय ५० कित्ता कम्पनीको कर्मचारीलाई छुट्याईएको छ ।
कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: