×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रकम हिनामिनापछि चरम विवादमा तानिएको सप्तकोशी डेभलपमेन्ट बैंकमा कामु सीइओको जिम्मेवारीमा कुमार खड्का

PRIME CA
GLOBAL IME BANK

रकम हिनामिनापछि चरम विवादमा तानिएको सप्तकोशी डेभलपमेन्ट बैंकमा कामु सीइओको जिम्मेवारीमा कुमार खड्का

२२ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । रकम हिनामिनाको घटनापछि चरम विवादमा तानिएको सप्तकोशी डेभलपमेन्ट बैंकले कामु (कायम मुकायम) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कुमार खड्कालाई दिएको छ । बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा झन्डै १६ करोड रुपैयाँ रकम घोटाला भएपछि बैंकका सीइओसहित अन्य कर्मचारी पक्राउ परेपछि उनलाई कामु सीइओको जिम्मेवारी दिईएको हो ।
बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी खड्कालाई दिएको नेप्सेमार्फत जानकारी गराएको हो । सोहि बैठकले उनलाई कम्पनी सचिवकोसमेत जिम्मा दिएको छ ।
यता बैंकले सीइओ नविन सुवेदीलाई बर्खास्त गरिसकेको छ भने अनिसहित संलग्न अन्य कर्मचारीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । सुवेदीको मिलेमतोमा बैंकमा सो घोटाला भएको पाइएको थियो । बैंकबाट घोटाला भएको रकममध्ये अधिकांस रकम सुवेदीको नातामा बहिनी पर्ने बबिताको खातामा पठाएको पाइएको छ । १४ करोड रुपैयाँ बबिता सुवेदीको खातामा पठाएको पाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: