काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको फसिकेबमार्गस्थित मारवाडी सेवा समिति नेपाल नामको सामाजिक संस्थालाई डायलाइसीस मेसिन खरिद गर्नका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत १५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद अग्रवाललाई हस्तान्तरण गरे ।
बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समिति नेपालले डायलाइसीस मेसिन खरिद गरि मिर्गौला रोगीहरुलाई निःशुल्क सेवा प्रदान गर्नको निम्ति उपयोग गर्नेछ । मारवाडी सेवा समितिले राष्ट्रिय मिर्गौला उपचार केन्द्र सगँको प्राविधिक सहयोगमा गौशाला स्थित श्री पशुपति गौशाला धर्मशालाबाट उक्त सेवा प्रदान गर्नेछ ।
बैंकले पु-याएको सो रकम सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा दिएर जीवनस्तर सुधार गर्न केहि हदसम्म भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्