×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थासहित ५ कम्पनीले सेबोनबाट पाए आइपीओ जारीको अनुमति, हेर्नुहोस् कसको कति कित्ता ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थासहित ५ कम्पनीले सेबोनबाट पाए आइपीओ जारीको अनुमति, हेर्नुहोस् कसको कति कित्ता ?

Artha Sarokar

६ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थासहितका ५ कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएका छन् । बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले ३ लघुवित्त, १ हाइड्रोपावर र ग्रिन भेन्चर लिमिटेडलाई आइपीओ निष्कासनको अनुमति दिने निर्णय गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक निरज गिरीले पौडेलको अध्यक्षतामा बुधबार बसेको बोर्ड बैठकले आईपिओ निष्कासनको लागि सो कम्पनीलाई अनुमति दिने निर्णय भएको हो । अब बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेन्चर लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्नेछन् ।
बलेफी हाइड्रोपावर कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ र ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछन् भने जाल्पा लघुवित्तले ५ करोड २२ लाख, राष्ट्र उत्थानले ८ करोड ५० लाख र नेस्डो लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी