×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईएफआईसी बैंकको सेयर विनोद चौधरीलाई बिक्री नगर्न अदालतको आदेश, नबिलसंगको मर्जर प्रक्रिया भाँडिएकै हो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आईएफआईसी बैंकको सेयर विनोद चौधरीलाई बिक्री नगर्न अदालतको आदेश, नबिलसंगको मर्जर प्रक्रिया भाँडिएकै हो ?

Artha Sarokar

२८ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल बङ्गलादेश (एनबि) बैंकमा रहेको आईएफआईसी बैंकको सेयर विनोद चौधरीलाई नबेच्न आदेश दिएको छ । सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले दायर गरेको मुद्दामा अदालतले उक्त आदेश दिएको हो । जससंगै हाललाई एनबि र नबिल बैंकको मर्जर प्रक्रिया भाँडिएको छ ।
यस्तै अदालतले ७ दिनभित्रमा विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । ‘नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरीद गर्न ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिन्छ,’ आदेशमा भनिएको छ ।
आदेश दुगड समूहले अदालतले दिएको आदेश राष्ट्र बैंकलाई पनि जानकारी गराई सकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी