काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४३.२९ अंकले बढेर २६९२.४७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड ३७ लाख ६ हजार ६६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड ३७ लाख ६ हजार ६६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एसिया बैंक, नेशनल लघुवित्त वित्तीय संस्था, गरिमा विकास बैंक, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नागरिक लगानी कोष, शिभम् सिमेन्ट, नेपाल बैंक, नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा १०.२५% एनबीबीएल डिबेञ्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । १०.२५% एनबीबीएल डिबेञ्चर २०८५ को सेयरमा यस्तो गिरावट आउँदा बिशाल बजार, एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा तेह्रथुम पावर कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको हो । यस अलावा ध्य भोटेकोशी जलविद्युत कम्पनी, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर, राष्ट्रिय बीमा कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्