×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको खुद नाफामा ७१.६८% को छलाङ, अन्य सूचकमा पनि आकर्षक प्रगति (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको खुद नाफामा ७१.६८% को छलाङ, अन्य सूचकमा पनि आकर्षक प्रगति (विवरणसहित)

Artha Sarokar

७ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सो अवधिमा खुद नाफा ७१.६८% ले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको जनाएको हो । यो नाफा गत वर्षको भन्दा ७१.६८% ले धेरै हो । बैंकले गत वर्ष ९१ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी १८.७९% र सञ्चालन नाफा ७०.३२% ले बढेको छ । निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः ४.३५ र ११.५४% ले बढेको छ । यसको वितरणयोग्य नाफा ६८ करोड ८३ लाख रुपैयाँ छ ।
साथै बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३ पैसाले बढेर २५ रुपैयाँ १२ पैसा कायम भएको छ । पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ २५ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी