×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले ल्यायो ‘सम्पूर्ण बचत खाता’ नामक नयाँ बचत खाता, स्वास्थ्य तथा दुर्घटना बीमासहितका सबै सुविधा पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सनराइज बैंकले ल्यायो ‘सम्पूर्ण बचत खाता’ नामक नयाँ बचत खाता, स्वास्थ्य तथा दुर्घटना बीमासहितका सबै सुविधा पाइने

Artha Sarokar

२१ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंकले ‘सम्पूर्ण बचत खाता’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले उक्त खातामार्फत ग्राहकलाई उच्चतम ब्याजदरका साथै विभिन्न सेवाहरु दिने भएको हो ।
न्यूनतम मौज्दात २५ हजार रुपैयाँ रहेको उक्त बचत खातामा ग्राहकले ७.०५ प्रतिशत व्याज पाउने छन् र पाँच वर्षका लागि बैंकले निःशुल्क मोबाइल बैंकिङ्ग र भिसा डेबिट कार्ड दिने छ । साथै एक वर्षका लागि डिम्याट खाता र मेरो सेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्न सक्ने छन् ।
यो बचत खातामा ग्राहकहरुले ८० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्मको ओपीडी खर्च बीमाका साथै ५ लाख रुपैयाँसम्मको दुर्घटनाको बीमा सुविधा पाउने छन् । बैंकका अनुसार अस्पताल भर्ना बीमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिने छ । यो स्वास्थ्य बीमा योजना भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा समेत दाबी गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी