×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको ८५औं शाखारहित बैंकिङ सेवा ओखलढुङ्गाको कुन्तादेवीमा संचालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकको ८५औं शाखारहित बैंकिङ सेवा ओखलढुङ्गाको कुन्तादेवीमा संचालन

१० माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंकले गत शनिबार ८५औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका १ कुन्तादेवीमा ८५ औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो ।

बैंकले सेवा सञ्चालनका लागी कुन्तादेवीका लाल प्रसाद ढकाललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । यस्तै यी शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८५ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी