काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभाको अवसरमा कम्पनीका संचालक समितिका सम्पूर्ण सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थितीमा कम्पनीको Mobile App समुद्घाटन गरिएको छ ।
कम्पनीले बीमित तथा अभिकर्तालाई आफ्नोपन महशुस हुने गरी थप सेवा सुविधा प्रदानगर्ने उद्देश्यले बीमा सेवा आफ्नै औंलामा भन्ने अवधारणा सहित App को शुभारम्भ गरेको छ ।
कम्पनीको App प्रयोग गरी बीमा योजनाहरु खरिद गर्न सकिने सुविधा कम्पनीले मिलाएको छ ।Android तथा IOS प्रविधीमा चलाउन सकिने कम्पनीको App,Play Store/ App Store बाट सहजै download गर्न सकिन्छ ।
App मार्फत कम्पनी तथा कम्पनीका बीमा योजनाहरु र बीमा शूल्कको सम्बन्धमा जानकारी प्राप्त गर्न सकिन्छ । कम्पनीका अभिकर्ताले आफ्नो र आफ्नो मातहतमा रहेका अन्य अभिकर्ताहरुले गरेको ब्यवसाय तथा बीमा योजना र बीमाशूल्क गणना सम्बन्धी जानकारी प्राप्त गर्न सकिने सुविधा App मा रहेको छ ।
बीमितले App मार्फत बीमा शूल्क भुक्तानी गर्न, बीमालेख तथा बीमा शूल्क भुक्तानीको विवरण प्राप्त गर्न सक्नेछन् । कम्पनीको App लाई download गर्ने तरिका तथा प्रयोग विधिको सम्बन्धमा You Tube मा हेर्न सकिने ब्यवस्थासमेत मिलाईएको छ ।
कम्पनीको Mobile Appको समुद्घाटनको क्रममा Mobile App को आवश्यकता, विशेषता र प्रयोग विधी माथि कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले प्रकाश पारेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्