काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख बराबरको घातक रोग विरुद्धको दावी रकम इस्मा गाउँपालीका वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई हस्तान्तरण गरेको छ ।
खत्रीले १० लाख बीमाङ्कको बीमालेख लिएको १ बर्ष बिते लगत्तै मृगौला फेल भएको र कम्पनीले १८ घातक रोगहरु को रक्षावरण हुने गरी घातक रोग सुविधा प्रदान गर्ने गरेकोमा खत्रीले बीमाशूल्क रकममा थप १६९० भुक्तान गरी घातक रोग सुविधा लिएकोले कम्पनीले घातक रोग बापतको बीमाङ्क १० लाख खत्रीलाइ हस्तान्तरण गरेको हो । उक्त दावीपश्चात पनि उनको पोलिसीमा घातक रोग बाहेको सम्पूर्ण सुविधा यथावत रहि निरन्तर रहनेछ ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल, दावी बिभाग प्रमुख राजु राजचल र दावी बिभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा मधु खत्रीलाई प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले चेक हस्तान्तरण गरेका थिए । घातक रोग विरुद्धको यस सुविधा बापत प्राप्त उक्त रकमले उनको उपचारमा सहयोग पुग्ने कुरामा कम्पनी विश्वस्त रहेको कुरा प्रमुख कार्यकारी अधिकृतले जानकारी गराए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्