×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ, रिजर्भ कोष २२.२०% ले घट्दा खुद नाफाको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ, रिजर्भ कोष २२.२०% ले घट्दा खुद नाफाको अवस्था कस्तो ?

Artha Sarokar

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको खुद नाफा २१.८६% ले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २१.८६% ले घटेर २ करोड १९ लाख २२ हजार रुपैयाँमा सिमित भएको जनाएको हो ।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी २५.५७% ले बढेको छ भने सञ्चालन नाफा ३४.३६% ले घटेको छ । रिजर्भ कोष पनि २२.२०% ले घटेर ५ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको चुक्ता पूँजी भने ५८.७६% ले बढेर १२ करोड १७ लाख ८२ हजार रुपैयाँ पुर्याएको छ ।
पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ८७ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी