काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले कात्तिक २७ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित २५ प्रतिशत बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।
साविकको जनकपुर लघुवित्त वित्तीय संस्थालाई यस स्वरोजगार लघुवित्त वित्तीय संस्थाले प्राप्ति गरेपछि एकीकृत कारोबार शुरु भएपछि असोज २५ गते पछि सेयर खरिद गरेका सेयरधनीहरुको हकमा सो कर बापतको रकम स्वयम सेयरधनीलै नै तिर्नुपर्ने हुन्छ ।
सेयरधनीले बोनस सेयरको कर बापतको रकम जम्मा गर्न स्वरोजगार लघुवित्तको ००३०००९८८०२०००३१ खाता नम्बरमा जम्मा गरी सो भौचर कम्पनीको इमेल ठेगाना http://[email protected] मा पठाएपछि क्रमश: बोनस सेयर जम्मा हुने कम्पनीले जनाएको छ ।
कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं नाम तथा सम्र्पक नम्बरसमेत अनिवार्य उल्लेख गर्नु पर्नेछ । साथै भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीले सेयर अभौतिकीकरण गराएपछि मात्र बोनस सेयर हितग्राही खातामा जम्मा हुनेछ । कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्