×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३६.२४% ले बढ्यो स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नाफा, प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ७ पैसा हुँदा अन्य सुचकको अवस्था कस्तो ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार

PRIME CA
laxmi sunrise bank

३६.२४% ले बढ्यो स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नाफा, प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ७ पैसा हुँदा अन्य सुचकको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाले ९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३६.२४% ले धेरै हो । गत वर्ष यसले ६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ५७.१२% ले बढेको छ । गत वर्ष १३ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर २१ करोड ३३ लाख रुपैयाँ पुर्याएको छ । पुस मसान्तसम्म कम्पनीको सञ्चालन नाफा १२ करोड ७४ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनी १० करोड ६७ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । स्वरोजगारको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ ।

हाल यसको चुक्ता पुँजी ५१ करोड ४० लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने १८ करोड ३५ लाख रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा भने २.७९% बाट बढेर २.९२% भएको छ । प्रतिसेयर आम्दानी वार्षिक ३५ रुपैयाँ ०८ पैसा (बार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ७ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: