×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ प्रणालीमा एकैदिन थपियो १४ अर्ब रुपैयाँ निक्षेप, सीडी रेसियो पनि घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंकिङ प्रणालीमा एकैदिन थपियो १४ अर्ब रुपैयाँ निक्षेप, सीडी रेसियो पनि घट्यो

Artha Sarokar

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । पुस २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले बढेको हो ।
योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । गत पुस २१ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५५ अब रुपैयाँ रहेको थियो । यता वाणिज्य बैंकहरुको पुस २२ गते एकैदिन १४ अर्ब रुपैयाँले निक्षेप बढेको छ। गत पुस २१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा पुस २२ गतेसम्म बढेर ४३ खर्ब रुपैयाँ पुगेको छ ।
यता कर्जा लगानी भने २ अर्ब रुपैयाँ मात्र बढेको छ । गत पुस २१ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब २१ अर्ब रुपैयाँ रहेकोमा पुस २२ गतेसम्म बढेर ४६ खर्ब २३ अर्ब रुपैयाँमात्रै रहेको छ । यस्तै वाणिज्य बैंकहरुले पुस २२ गते कर्जा लगानी २ अर्ब रुपैयाँ बढेर कुल कर्जा लगानी ४१ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । पुस २१ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब २ अर्ब रुपैयाँ रहेको थियो ।
यस्तै पुस २२ गते बैंकहरुको औसत सीडी रेसियो पनि घटेर ८९.३९ प्रतिशतमा झरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी