×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माघे संक्रान्तिमा खाने होइन त तरुल ? कालिमाटी फलफूल तथा तरकारी बजारमा बढ्यो तरुलको व्यापार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माघे संक्रान्तिमा खाने होइन त तरुल ? कालिमाटी फलफूल तथा तरकारी बजारमा बढ्यो तरुलको व्यापार

Artha Sarokar

२७ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरुलको व्यापार बढेको छ । काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलहरुको व्यापार बढेको हो । तरुलको व्यापार राम्रो भईरहेको सर्लाहीका व्यापारी रामबाबु साहले बताएका छन । उनले आफूले सर्लाहीबाट तरुल ल्याएको र त्यसको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको पनि बताउनु भयो । गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढेपनि मूल्य भने नबढेको साहको भनाई छ ।
यता, चितवनबाट ल्याइएको रातो तरुल भने प्रतिकेजी १५० रुपैयाँ सम्ममा विक्री भईरहेको व्यापारी ईश्वर ढकालले बताएका छन । रातो तरुल राम्रो हुने भएकाले यसको मूल्य अन्य तरुलको भन्दा बढि भएको उनको भनाई छ । व्यापारीहरुका अनुसार यस वर्र्ष काठमाडौंमा सर्लाही र चितवनको तरुल बढि भित्रिएको छ । ग्राहकहरुले पनि सस्तो मूल्य हुने भएकाले कालिमाटी बजारबाटै तरुल खरिद गर्ने गरेको बताएका छन । ललितपुरकी मुना थापाले सस्तोमा पाईने भएकाले तरुल खरिद गर्न आफू कालिमाटी तरकारी बजारमै आएको बताइन् ।
अघिल्लो वर्ष कोरोनाका कारण तरुलको व्यापार घटेको थियो भने मूल्य केही बढेको थियो । माघे संक्रान्तिमा तरुल पनि खाने हाम्रो प्रचलन रहि आएको छ । पोषणविद्हरुका अनुसार तरुलले हाम्रो सरिरलाई बलियो बनाउने पोषण दिने गर्दछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी