×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकिङ प्रणालीमा तरलता सहज हुने संकेतसँगै मंगलबार सेयर बजारमा ६३ अंकको बढोत्तरी, खरिद-बिक्री रकमले पनि साथ दिँदै

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज हुने संकेत देखिएसँगै सेयर बजार पनि सुधार हुने संकेत देखिएको छ । अंग्रेजी नयाँसंगै निरन्तर बढेको बजार आज मंगलबार पनि बढेको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा विस्तारै निक्षेप बढ्न थालेको छ । सोको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो ।

साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको १४ करोड ७७ लाख ५४ हजार ५५० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यता नेपाल बैंकर्स संघले एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १४ अर्ब रुपैयाँले बढेको जनाएको छ । वाणिज्य बैंकहरुको निक्षेप बढेर पुस १६ गतेसम्म ४२ खर्ब ४९ अर्ब रुपैयाँ आइपुगेको हो । यद्यपि वाणिज्य बैंकहरुले पुस ९ गतेसम्म ४२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । यस्तै ९ गतेसम्म ४० खर्ब ८८ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी गरेकोमा वाणिज्य बैंकहरुले पुस १६ गतेसम्म ४० खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यस्तै मंगलबारको सेयर बजारमा १०.३४% एग्रिकल्चर बैंक डिबेन्चरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा बढीले घटेको हो । एग्रिकल्चर बैंक डिबेन्चरको सेयरमा यस्तो गिरावट आउँदा १०% नबिल डिबेन्चर २०८२, १२%  आइसिएफसि फाइनान्स डिबेन्चर २०८३ र नबिल बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको १४ करोड ७७ लाख ५४ हजार ५५० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, अपी पावर कम्पनी, हिमालयन डिस्टिलरी, अपर तामाकोशी हाईड्रोपावर, शिभम् सिमेन्ट, गरिमा विकास बैंक, ज्योति विकास बैंक, अरुण भ्याली हाईड्रोपावर, सिद्धार्थ बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा श्री इन्भेष्टमेन्ट फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मध्य भोटेकोशी जलविद्युत कम्पनी, नेपाल एसबिआई बैंक, सिन्धु विकास बैंक, ग्लोबल आइएमई बैंक, किसान लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: