×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेमा झिनो अंकको करेक्सन, ७ अर्ब ०३ करोडमाथिको सेयर कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा करेक्सन आएको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १०.८३ अंकले घटेर २९२०.५१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३२ कम्पनीको १ करोड ४७ लाख ०४ हजार २७७ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ०३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको ३२ करोड १४ लाख ५३ हजार ४२८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै आइतबारको सेयर बजारमा सामलिङ पावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो । सामलिङको सेयरमा यस्तो गिरावट आउँदा गोर्खाज फाइनान्स, बेष्ट फाइनान्स, प्रभु बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको ३२ करोड १४ लाख ५३ हजार ४२८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, एनआइसी एशिया बैंक, शिखर इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक, अरुण भ्याली हाइड्रोपावर, आइएमइ जनरल इन्स्योरेन्स, गोर्खाज फाइनान्स, अपर तामाकोशी हाइड्रोपावर, गुराँस लाईफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बुद्धभुमी नेपाल हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनी, ग्लोबल आइएमई बैंक, ज्योती लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: