काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३८.३५ अंकले घटेर २८९८.३१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ०२ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको २० करोड ३२ लाख २१ हजार २९७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बुधबारको सेयर बजारमा घलेम्दी हाईड्रोका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको हो । घलेम्दीको सेयरमा यस्तो गिरावट कालिका लघुवित्त, ग्लोबल आइएमई समुन्नति स्किम-१, मध्य भोटेकोशी जलविद्युत कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा पनि सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको २० करोड ३२ लाख २१ हजार २९७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाइड्रोपावर, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, सुर्या लाईफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी, नेपाल टेलिकम, सेञ्चुरी बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजार बुद्धभुमी नेपाल हाइड्रोपावर र सामलिङ पावरका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा सांग्रिला डेभलपमेन्ट बैंक, सेञ्चुरी बैंक, छ्याङ्दी हाइड्रोपावर, एनआईबिएल समृद्धि फण्ड-२, वरुण हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्