काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३२.०३ अंकले बढेर २६१६.९४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३० कम्पनीको ८२ लाख ०५ हजार ०५२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५३ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको २८ करोड ४४ लाख ७० हजार ५७० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा गुराँस लघुवित्त, एनआईसी एशिया लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेसन, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको हो । रुरुको सेयरमा यस्तो गिरावट आउँदा नेपाल बङ्गलादेश बैंक, कालिका पावर कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, यूनाइटेड इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको २८ करोड ४४ लाख ७० हजार ५७० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपी पावर कम्पनी, शिभम् सिमेन्ट, नबिल बैंक, नेपाल बङ्गलादेश बैंक, गोर्खाज फाइनान्स, मेगा बैंक, आइएमई जनरल इन्स्योरेन्सअपर तामाकोशी हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्