काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १९.४३ अंकले बढेर २७८४.९५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको २२ करोड ७७ लाख ४० हजार ९१७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा यूनियन हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी, गोर्खाज फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । प्रभु सेलेक्ट फण्डको सेयरमा यस्तो गिरावट आउँदा चन्द्रागिरी हिल्स् , कुमारी बैंक, नेपाल बङ्गलादेश बैंक, सेन्चुरी बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको २२ करोड ७७ लाख ४० हजार ९१७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल टेलिकम, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआइसी एसिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्