×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य भोटेकोशी जलविद्युत कम्पनीमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मध्य भोटेकोशी जलविद्युत कम्पनीमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

Artha Sarokar

३ माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ९० करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार ४७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजार मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सनराइज ल्बुचिप फण्ड, सिंगटी हाईड्रो इनर्जी, सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, सामलिङ पावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा १०% एनएमबि डिबेन्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । १० ५ एनएमबि डिबेन्चर २०८५ मा यस्तो गिरावट आउँदा स्ट्याण्डर्ड चार्टर्ड बैंक, समिट लघुवित्त, युनिलिभर नेपाल ग्रिन लाइफ हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार ४७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, नेपाल टेलिकम, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, अरुण काबेली पावर, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी