काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १०.७८ अंकले घटेर २९३६.६६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको २८ करोड ११ लाख ३९ हजार १३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजार सामलिङ पावरका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा मध्य भोटेकोशी जलविद्युत कम्पनी, बुद्धभुमी नेपाल हाइड्रोपावर, प्रभु बैंक, वरुण हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा मानुषी लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । मानुषीको सेयरमा यस्तो गिरावट आउँदा कर्पोरेट डेभलपमेन्ट बैंक, १२५ गुडविल फाइनान्स डिबेन्चर २०८३, पञ्चकन्या माई हाइड्रोपावर, खानिखोला हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको २८ करोड ११ लाख ३९ हजार १३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाइड्रोपावर, नेपाल टेलिकम, आइएमइ जनरल इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, एनआइसी एशिया बैंक, अपर तामाकोशी हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, प्रभु बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्