Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा भारी गिरावट हुँदा पनि विन नेपाल र बुद्धभुमी नेपालका लगानीकर्ताले मनग्य कमाए, यी कम्पनीमा लगानी गर्नेले मज्जैसँग पैसा छापे !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १००.१० अंकले घटेर २८२०.४१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ८८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ३८ करोड ३४ लाख २४ हजार १५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा विन नेपाल लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावरका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा ज्योती लाइफ इन्स्योरेन्स, गोर्खाज फाइनान्स, सानिमा लार्ज क्याप फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको हो । कर्णालीको सेयरमा यस्तो गिरावट आउँदा माउन्टेन हाईड्रो नेपाल, आशा लघुवित्त, ओरियन्टल होटल, सामलिङ पावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ३८ करोड ३४ लाख २४ हजार १५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, अरुण भ्याली हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, नेपाल टेलिकम, हाईड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी, अरुण काबेली पावर, नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK