काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३८.५४ अंकले घटेर २७७६.६१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड ७७ लाख ५७ हजार ४३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड ७७ लाख ५७ हजार ४३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, हाईड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक, नेशनल हाइड्रोपावर कम्पनी, गोर्खाज फाइनान्स, हिमालयन डिस्टिलरी, नेशनल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा विन नेपाल लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावरका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सानिमा जनरल इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । पोखराको सेयरमा यस्तो गिरावट आउँदा सेन्ट्रल फाइनान्स, मानुषी लघुवित्त, समृद्धि फाइनान्स, सानिमा इक्वीटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्