×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबारको बजार अपडेट : यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३२.०३ अंकले बढेर २६१६.९४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३० कम्पनीको ८२ लाख ०५ हजार ०५२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५३ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको २८ करोड ४४ लाख ७० हजार ५७० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको २८ करोड ४४ लाख ७० हजार ५७० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपी पावर कम्पनी, शिभम् सिमेन्ट, नबिल बैंक, नेपाल बङ्गलादेश बैंक, गोर्खाज फाइनान्स, मेगा बैंक, आइएमई जनरल इन्स्योरेन्सअपर तामाकोशी हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा गुराँस लघुवित्त, एनआईसी एशिया लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेसन, फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको हो । रुरुको सेयरमा यस्तो गिरावट आउँदा नेपाल बङ्गलादेश बैंक, कालिका पावर कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, यूनाइटेड इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

  

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: