काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको १४ करोड ७७ लाख ५४ हजार ५५० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको १४ करोड ७७ लाख ५४ हजार ५५० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, अपी पावर कम्पनी, हिमालयन डिस्टिलरी, अपर तामाकोशी हाईड्रोपावर, शिभम् सिमेन्ट, गरिमा विकास बैंक, ज्योति विकास बैंक, अरुण भ्याली हाईड्रोपावर, सिद्धार्थ बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा श्री इन्भेष्टमेन्ट फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मध्य भोटेकोशी जलविद्युत कम्पनी, नेपाल एसबिआई बैंक, सिन्धु विकास बैंक, ग्लोबल आइएमई बैंक, किसान लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा १०.३४% एग्रिकल्चर बैंक डिबेन्चरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा बढीले घटेको हो । एग्रिकल्चर बैंक डिबेन्चरको सेयरमा यस्तो गिरावट आउँदा १०% नबिल डिबेन्चर २०८२, १२% आइसिएफसि फाइनान्स डिबेन्चर २०८३ र नबिल बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्