काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ७३.०१ अंकले बढेर २७६५.४७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब १० करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको २९ करोड २२ हजार २३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच आइतबारको बजारमा पनि सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको २९ करोड २२ हजार २३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा प्रभु बैंक, अपर तामाकोशी हाइड्रोपावर, शिभम् सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेनट एण्ड डेभलपमेन्ट कम्पनी, गोर्खाज फाइनान्स, नबिल बैंक, एनआइसी एसिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा नेपाल हाईड्रो डेपलपर्स र हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा यूनियन हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, आइसिएफसि फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा १०५ नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १ प्रतिशतभन्दा बढीले घटेको हो । १०५ नेपाल एसबिआई बैंक डिबेञ्चर २०८६ को सेयरमा यस्तो गिरावट आउँदा मिथिला लघुवित्त, सानिमा लार्ज क्याप फण्ड, एनआएबिएल प्रगति फण्डको प्रमोटर सेयरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्