Skip to content
LAXMI SUNRISE BANK

बिहिबारको बजार अपडेट : यी हुन् बिहिबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५४.१२ अंकले बढेर २८५७.७५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार २४५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार २४५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, निफ्रा, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ङादी ग्रुप पावर, अरुण काबेली पावर, छिमेक लघुवित्त, नेशनल हाइड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको हो । यस अलावा माउनटेन हाईड्रो नेपाल, कर्णाली डेभलपमेन्ट बैंक, शिभ श्री हाइड्रोपावर, आईसिएफसि फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा नबिल डिबेन्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले घटेको हो । नबिल डिबेन्चरको सेयरमा यस्तो गिरावट आउँदा एनआईसी एशिया सेलेक्ट फण्ड ३०, नारायणी डेभलपमेन्ट बैंक, राष्ट्रिय बिमा संस्थानमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK