काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ९० करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार ४७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच सोमबारको बजारमा पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार ४७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, नेपाल टेलिकम, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, अरुण काबेली पावर, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजार मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सनराइज ल्बुचिप फण्ड, सिंगटी हाईड्रो इनर्जी, सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी, सामलिङ पावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा १०% एनएमबि डिबेन्चर २०८५ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । १० ५ एनएमबि डिबेन्चर २०८५ मा यस्तो गिरावट आउँदा स्ट्याण्डर्ड चार्टर्ड बैंक, समिट लघुवित्त, युनिलिभर नेपाल ग्रिन लाइफ हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्