काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३३.०३ अंकले बढेर २९३१.३४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार आइएमई जनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २२ करोड २० लाख ५३ हजार ४१६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहिबारको सेयर बजारमा मैलुङ खोला जलविद्युत कम्पनी र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बुद्धभुमी नेपाल हाइड्रोपावर, न्यादी पावर कम्पनी, गुराँस लाईफ इन्स्योरेन्स, यूनियन हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा १२५ आइसिएफसि फाइनान्सको डिबेन्चर २०८३ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको हो । आइसिएफसि फाइनान्सको डिबेन्चर २०८३ मा यस्तो गिरावट आउँदा बोटलर्स नेपाल (तराई), एनएमबि हाइब्रिड फण्ड एल-१, नयाँ सारथि लघुवित्त, सिटिजन्स म्युचअल फण्ड–१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार आइएमई जनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २२ करोड २० लाख ५३ हजार ४१६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, शिखर इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, नेपाल टेलिकम, गुराँस लाईफ इन्स्योरेन्स, अपर तामाकोशी हाइड्रोपावर, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, एनआइसी एशिया बैंक, सांग्रिला डेभलपमेन्ट बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्