×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारको बजार अपडेट : मध्य भोटेकोशी जलविद्युत कम्पनीसहित यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबारको बजार अपडेट : मध्य भोटेकोशी जलविद्युत कम्पनीसहित यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

Artha Sarokar

२१ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्सेमा करेक्सन आएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३०.७५ अंकले घटेर २६४९.२० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको १८ करोड ७२ लाख ६२ हजार ३३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको हो । यस अलावा छ्याङदी हाइड्रोपावर, तेह्रथुम पावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
यस्तै बुधबारको सेयर बजारमा बिजय लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको हो । बिजय लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा फस्ट माक्रोफाइनान्स लघुवित्त, किसान लघुवित्त र सिभिल लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको १८ करोड ७२ लाख ६२ हजार ३३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपी पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, अरुण भ्याली  हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी, नेशनल हाइड्रोपावर, नबिल बैंक, नेपाल टेलिकम, नेपाल बंगलादेश बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबार सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी