तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी बकबहादुर गुरुङले म्याग्दे गाउँपालिका–६ स्थित भुलभुलेमा ठूलो रकम खर्चेर रिसोर्ट निर्माण गर्नुभएको हो ।
सिङ्गापुरे सिपाहीबाट अवकाश लिनुभएका गुरुङले करिब साढे चार करोड खर्च गरी सिंह भिलेज रिसोर्ट प्रालि निर्माण गर्न लाग्नुभएको हो । पृथ्वीराजमार्गसँगै जोडिएको खेत देख्दा रहर लागेर किनेँ तर खेत रोप्न पानीको सुविधा नभएपछि विकल्पका रूपमा रिसोर्ट बनाउन लागिएको गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजमार्गसँगै जोडिएको जग्गा भएकाले केही गरौँ भनेर रिसोर्ट निर्माण गरेको हुँ ।” रिसोर्टसम्बन्धी आफूलाई कुनै पनि जानकारी नभए पनि काम गर्न सक्छु भनेर करिब नौ रोपनी क्षेत्रफलमा स्वीमिङ पुल, कटेजलगायतका भौतिक संरचना निर्माण गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
स्वदेशमा रहेर केही गरौँ र केही व्यक्तिलाई रोजगारी दिऔँ भन्ने भावना पलाएपछि आफू यसतर्फ अग्रसर भएको गुरुङ बताउनुहुन्छ । उक्त रिसोर्ट निर्माण गर्न थालेको दुई वर्ष बितिसक्यो अझै सम्पन्न गर्न सकिएको छैन । उहाँले भन्नुभयो, “अघिल्लो वर्षको कोरोनाले पनि काम गर्न सकिएन, अहिले पनि उही चाल होलाजस्तो देखिएको छ ।”
पटक–पटकको कोरोनाका कारण निरन्तर निर्माणकार्य गर्न नसक्दा निर्माण प्रभावित भई आर्थिक भार वृद्धि हुँदा कठिनाइ भोग्नुपरेको उहाँले दुःखेसो पोख्नुभयो ।- रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्