×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबारको सेयर बजार : विन लघुवित्तसहित २ कम्पनीमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य करेक्सन देखिएको छ ।आइतबारको तुलनामा नेप्से परिसूचक १४.४८ अंकले घटेर २८७१.०५ बिन्दुमा पुगेको हो । लगानीकर्ताहरुले नाफा बुकिङमा लाग्दा नेप्सेमा यस्तो करेक्सन देखिएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ५७ करोड १२ लाख ७८ हजार ६३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा फरवार्ड माइक्रोफाइनान्स, विन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बुद्ध भुमी नेपाल हाइड्रोपावर, छयाङ्दी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, सीईडिबी  हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
यस्तै सोमबारको सेयर बजारमा माउन्टेन हाइड्रो नेपाल कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । माउन्टेन हाइड्रोको सेयरमा यस्तो गिरावट आउँदा सिभिल लघुवित्त वित्तीय संस्था, न्यादी हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स  मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ५७ करोड १२ लाख ७८ हजार ६३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपर तामाकोशी हाइड्रोपावर, नेपाल टेलिकम, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त वित्तीय संस्था, निफ्रा, अपि पावर, शिखर इन्स्योरेन्स, सीईडिबी  हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र अरुण काबेली  हाइड्रोपावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: